यूहन्‍ना 4:26-30

यूहन्‍ना 4:26-30 NNRV

येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।” त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌। तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए।

यूहन्‍ना 4:26-30 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति