उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। “माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। किनभने जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले विनानाप पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
यूहन्ना 3 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 3:30-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू