यूहन्‍ना 3:27-34

यूहन्‍ना 3:27-34 NNRV

यूहन्‍नाले जवाफ दिए, “मानिसलाई स्‍वर्गबाट नदिइएसम्‍म त्‍यसले कुनै कुरा पाउन सक्‍दैन। ‘म ख्रीष्‍ट होइनँ, तर म उहाँभन्‍दा अगाडि पठाइएको हुँ’ भन्‍ने मेरो गवाही तिमीहरू आफै दिन्‍छौ। जससँग दुलही छ, दुलहा त्‍यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्‍छ, उसको सोर सुनेर अत्‍यन्‍त आनन्‍दित हुन्‍छ। यसकारण मेरो यो आनन्‍द अब पूर्ण भएको छ। उहाँ बढ्‌नु, तर मचाहिँ घट्‌नु आवश्‍यक छ। “माथिबाट आउनुहुनेचाहिँ सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ। पृथ्‍वीबाट हुने पृथ्‍वीकै हो, र पृथ्‍वीकै कुरा बोल्‍छ। स्‍वर्गबाट आउनुहुने सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ। उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्‍यसको गवाही उहाँ दिनुहुन्‍छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ, त्‍यसले परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भन्‍ने कुराको प्रमाण दिन्‍छ। किनभने जसलाई परमेश्‍वरले पठाउनुभयो, त्‍यसले परमेश्‍वरका वाणी बोल्‍दछ, किनकि परमेश्‍वरले विनानाप पवित्र आत्‍मा दिनुहुन्‍छ।