यूहन्‍ना 3:1-4

यूहन्‍ना 3:1-4 NNRV

फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए। यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”

यूहन्‍ना 3:1-4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति