यूहन्‍ना 21:1-7

यूहन्‍ना 21:1-7 NNRV

त्‍यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो: सिमोन पत्रुस, दिदुमस भन्‍ने थोमा, गालीलका काना नगरका नथानेल, जब्‍दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्‍ये अरू दुई जना एकसाथ थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्‍यो रात तिनीहरूले केही पक्रेनन्‌। बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्‍छ भनी चिनेनन्‌। येशूले तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, तिमीहरूसँग केही माछा छ?” तिनीहरूले उहाँलाई उत्तर दिए, “छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्‍ने सुनेर सिमोन पत्रुसले आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटे, किनभने तिनले वस्‍त्र खोलेका थिए, र समुद्रमा हामफाले।