तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए। ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो। चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्। सिमोन पत्रुस त्यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्यसै पड़िरहेका देखे। उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो। तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे। किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्। त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के।
यूहन्ना 20 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:3-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू