यूहन्‍ना 20:25-27

यूहन्‍ना 20:25-27 NNRV

यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।”