यूहन्‍ना 2:5-8

यूहन्‍ना 2:5-8 NNRV

उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।” अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्‍ति त्‍यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्‍पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।

यूहन्‍ना 2:5-8 को लागि भिडियो