यूहन्‍ना 2:2-10

यूहन्‍ना 2:2-10 NNRV

येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्‍त्‍याइएका थिए। दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।” येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌। मेरो समय अझसम्‍म आएको छैन।” उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।” अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्‍ति त्‍यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्‍पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे। भोजका मुखियाले त्‍यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्‍यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने, “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्‍छ। तिमीले त असल दाखमद्य अहिलेसम्‍म राखिछोड़ेछौ।”

यूहन्‍ना 2:2-10 को लागि भिडियो