यूहन्‍ना 19:8-11

यूहन्‍ना 19:8-11 NNRV

यो कुरो सुनेर पिलातस झन्‌ डराए। उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन। यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्‍दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्‍ने अधिकार पनि मसँग छ भन्‍ने तिमीलाई थाहा छैन?” येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्‍पिदिने अझ बढ़ी पापको दोषी छ।”