यूहन्‍ना 19:39-42

यूहन्‍ना 19:39-42 NNRV

अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्‍य लिएर त्‍यहाँ आए। यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्‍धित द्रव्‍यसँग सूती कपड़ामा बाँधे। उहाँ क्रूसमा टाँगिनुभएको ठाउँमा एउटा बगैँचा थियो। त्‍यस बगैँचामा कहिल्‍यै कोही नराखिएको एउटा नयाँ चिहान थियो। किनकि यहूदीहरूका तयारीको दिन थियो, अनि त्‍यो चिहान पनि नजिकै थियो, र तिनीहरूले येशूलाई त्‍यही चिहानमा राखे।