यूहन्‍ना 19:19-22

यूहन्‍ना 19:19-22 NNRV

पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए। त्‍यसमा यही लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा।” अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्‍याटिन र ग्रीक भाषामा लेखिएको थियो। यहूदीहरूका मुख्‍य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्‍ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्‍यो’ भनी लेख्‍नुहोस्‌।” पिलातसले जवाफ दिए, “मैले जे लेखें, लेखें।”