यूहन्‍ना 19:1-4

यूहन्‍ना 19:1-4 NNRV

तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए। अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्‍त्र पहिराइदिए, र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्‍पड़ लाए। फेरि बाहिर निस्‍केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्‍याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्‍छु, म यिनमा केही दोष पाउँदिनँ।”