यूहन्‍ना 17:8-10

यूहन्‍ना 17:8-10 NNRV

किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्‌। म तपाईंबाट आएको हुँ भन्‍ने तिनीहरूले साँच्‍चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरेका छन्‌। म तिनीहरूका निम्‍ति प्रार्थना गर्दछु, संसारको निम्‍ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्‍ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्‌। मेरा सबै जे छन्‌ तपाईंका हुन्, र तपाईंका जे छन्‌ मेरा हुन्‌। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।