यूहन्‍ना 17:15-23

यूहन्‍ना 17:15-23 NNRV

तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌। तिनीहरू संसारका होइनन्, जस्‍तो म पनि संसारको होइनँ। तिनीहरूलाई सत्‍यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्‍य हो। जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्‍यतामा पवित्र होऊन्‌। “म यिनीहरूका निम्‍ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्‍देशद्वारा ममाथि विश्‍वास गर्नेहरूका निम्‍ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्‌। हे पिता, जसरी तपाईं ममा हुनुहुन्‍छ, र म तपाईंमा, त्‍यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्‌। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्‍तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्‌।