यूहन्‍ना 17:14-19

यूहन्‍ना 17:14-19 NNRV

मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌। तिनीहरू संसारका होइनन्, जस्‍तो म पनि संसारको होइनँ। तिनीहरूलाई सत्‍यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्‍य हो। जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्‍यतामा पवित्र होऊन्‌।