यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
यूहन्ना 17 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 17:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू