म पिताबाट आएँ, अनि संसारमा आएको छु, र फेरि म संसारलाई छोड़ेर पिताकहाँ जाँदैछु।” उहाँका चेलाहरूले भने, “अब तपाईं स्पष्ट बोल्दैहुनुहुन्छ, दृष्टान्तमा होइन। अब हामीहरूले बुझ्यौं, तपाईं सबै कुरा जान्नुहुन्छ, अनि तपाईंलाई कसैले सोध्ने आवश्यकता छैन। यसैले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्दछौ? हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
यूहन्ना 16 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:28-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू