तिनीहरूले उहाँलाई सोध्ने इच्छा गर्दैछन् भन्ने येशूलाई थाहा भयो, र उहाँले भन्नुभयो, “‘अलि बेरपछि तिमीहरू मलाई देख्नेछैनौ, अनि अलि बेरपछि मलाई देख्नेछौ’ भन्ने कुराको अर्थ के हो भन्ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ? साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन्, तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छिन्। यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरूका हृदय आनन्दित हुनेछन्। अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोस्नेछैन। त्यो दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।
यूहन्ना 16 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू