“तिमीहरूले ठोकर नखाओ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्दैनन्। तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ। “अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ। र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ।
यूहन्ना 16 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू