यूहन्‍ना 15:15-16

यूहन्‍ना 15:15-16 NNRV

अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गर्दछ नोकरले जान्‍दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।