यूहन्‍ना 15:14-17

यूहन्‍ना 15:14-17 NNRV

म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गर्दछ नोकरले जान्‍दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।