यूहन्‍ना 15:1-3

यूहन्‍ना 15:1-3 NNRV

“साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ। ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।