यूहन्‍ना 14:8-11

यूहन्‍ना 14:8-11 NNRV

फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’ म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ। मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।