यूहन्‍ना 13:31-35

यूहन्‍ना 13:31-35 NNRV

जब त्‍यो बाहिर गयो तब येशूले भन्‍नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्‍वर उसमा महिमित हुनुभएको छ। यदि परमेश्‍वर उसमा महिमित हुनुभएको छ भने परमेश्‍वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्‍तै महिमित तुल्‍याउनुहुनेछ। “साना बालक हो, केही बेरसम्‍म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्‍नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्‍दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्‍दैनौ।’ “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”