पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो। अनि उहाँ भोजनबाट उठ्नुभयो, र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो। तब उहाँले बाटामा पानी खन्याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?” येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ।”
यूहन्ना 13 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:3-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू