उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। उहाँका चेलाहरूमध्ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए। तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो?” येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु, त्यो त्यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्नुभयो, र निकालेर त्यो सिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
यूहन्ना 13 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:22-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू