यूहन्ना 13:1-6
यूहन्ना 13:1-6 NNRV
निस्तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो। अनि उहाँ भोजनबाट उठ्नुभयो, र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो। तब उहाँले बाटामा पानी खन्याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?”

