उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, “हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गर्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?” यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्, “उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ।” यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।
यूहन्ना 12 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:37-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू