चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।” फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। “अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु। हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु।” त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!” येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो। अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो।
यूहन्ना 12 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:20-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू