यूहन्‍ना 11:5-9

यूहन्‍ना 11:5-9 NNRV

येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्‍थ्‍यो, तापनि लाजरस बिरामी छन्‌ भन्‍ने सुनेर उहाँ जहाँ हुनुहुन्‍थ्‍यो, अझ दुई दिन त्‍यहीँ बस्‍नुभयो। त्‍यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “लौ, अब हामी फेरि यहूदिया फर्केर जाऔं।” चेलाहरूले उहाँलाई भने, “रब्‍बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेथे, र के फेरि तपाईं त्‍यहीँ जानुहुन्‍छ?” येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्‍टा हुँदैनन्‌ र? दिनमा हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍दैन, किनभने तिनले यस संसारको ज्‍योति देख्‍तछन्