यूहन्‍ना 11:45-48

यूहन्‍ना 11:45-48 NNRV

मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे। तर तिनीहरूमध्‍ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए। तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्‍यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्‍हहरू गरिरहेछ। यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरूले आएर हाम्रो पवित्रस्‍थान र हाम्रो जाति दुवैलाई नष्‍ट पार्नेछन्‌।”