तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो। मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्।” अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।” त्यो मृत मानिस त्यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसको बन्धन खोलिदेओ, र त्यसलाई जान देओ।” मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे।
यूहन्ना 11 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:41-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू