यूहन्‍ना 11:37-41

यूहन्‍ना 11:37-41 NNRV

तर कुनै-कुनैले भने, “के अन्‍धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्‍नेथिएनन्‌ र?” तब येशू फेरि ज्‍यादै व्‍याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्‍यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्‍नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।” येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्‍वास गर्‍यौ भने परमेश्‍वरको महिमा देख्‍नेछौ’?” तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो।