जब येशू आइपुग्नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो। बेथानिया यरूशलेमदेखि नजिकै प्राय: तीन किलोमिटरको दूरीमा थियो। धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए। येशू आइरहनुभएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्। तर मरियम घरैमा बसिरहिन्। तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन। तर अब पनि म जान्दछु, तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ, परमेश्वरले तपाईंलाई दिनुहुनेछ।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।” येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ?” तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ।”
यूहन्ना 11 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:17-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू