यूहन्‍ना 11:1-6

यूहन्‍ना 11:1-6 NNRV

लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए। प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्‍नो कपालले पुछिदिने मरियम यी नै थिइन्‌। यिनकै भाइ लाजरस बिरामी थिए। यी दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्‍छ, तिनी बिरामी छन्‌।” तर यो सुनेर येशूले भन्‍नुभयो, “यस बिरामीले मृत्‍युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको निम्‍ति हो, ताकि यसद्वारा परमेश्‍वरका पुत्रको महिमा होस्‌।” येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्‍थ्‍यो, तापनि लाजरस बिरामी छन्‌ भन्‍ने सुनेर उहाँ जहाँ हुनुहुन्‍थ्‍यो, अझ दुई दिन त्‍यहीँ बस्‍नुभयो।