यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्यवस्थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’? यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्छन् भने (धर्मशास्त्र भङ्ग हुन सक्दैन), पिताले पवित्र तुल्याएर संसारमा पठाउनुभएको व्यक्तिले ‘म परमेश्वरको पुत्र हुँ’ भन्दा कसरी ईश्वर-निन्दा हुन्छ?
यूहन्ना 10 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 10:31-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू