यूहन्‍ना 10:25-30

यूहन्‍ना 10:25-30 NNRV

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्‍छन्‌। तर तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्‍येका होइनौ। “मेरा भेड़ाहरूले मेरो सोर सुन्‍छन्, र तिनीहरूलाई म चिन्‍छु, र तिनीहरू मेरो पछि आउँछन्‌। तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्‍दा महान्‌ हुनुहुन्‍छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌। पिता र म एक हौं।”