यूहन्‍ना 10:11-16

यूहन्‍ना 10:11-16 NNRV

म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌। जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेड़ाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु। “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्‌। तिनीहरूलाई पनि मैले ल्‍याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ।

यूहन्‍ना 10:11-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति