यूहन्‍ना 10:1-6

यूहन्‍ना 10:1-6 NNRV

“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जो भेड़ा-गोठको ढोकाबाट भित्र पस्‍दैन, तर अर्कोपट्टिबाट चढ़ेर पस्‍छ, त्‍योचाहिँ चोर र डाँकू हो, तर ढोकाबाट भित्र पस्‍नेचाहिँ भेड़ाको गोठालो हो। ढोकेले उसको लागि ढोका खोलिदिन्‍छ, र भेड़ाहरूले उसको सोर सुन्‍छन्, र उसले आफ्‍ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्‍छ। जब उसले आफ्‍ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्‍छ, ऊ तिनीहरूका अगिअगि हिँड्‌छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्‍छन्‌। तर अपरिचित व्‍यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्‍यसदेखि भाग्‍नेछन्‌। किनभने अपरिचित व्‍यक्तिको सोर तिनीहरूले चिन्‍दैनन्‌।” येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌।