यूहन्‍ना 10:1-4

यूहन्‍ना 10:1-4 NNRV

“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जो भेड़ा-गोठको ढोकाबाट भित्र पस्‍दैन, तर अर्कोपट्टिबाट चढ़ेर पस्‍छ, त्‍योचाहिँ चोर र डाँकू हो, तर ढोकाबाट भित्र पस्‍नेचाहिँ भेड़ाको गोठालो हो। ढोकेले उसको लागि ढोका खोलिदिन्‍छ, र भेड़ाहरूले उसको सोर सुन्‍छन्, र उसले आफ्‍ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्‍छ। जब उसले आफ्‍ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्‍छ, ऊ तिनीहरूका अगिअगि हिँड्‌छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्‍छन्‌।