यूहन्‍ना 1:8-15

यूहन्‍ना 1:8-15 NNRV

उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌। अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।”