यूहन्‍ना 1:47-51

यूहन्‍ना 1:47-51 NNRV

येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।” नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।” नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो “मैले तिमीलाई अञ्‍जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्‍वास गर्दछौ? तिमीले यीभन्‍दा अझ ठूला कुराहरू देख्‍नेछौ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”