यूहन्‍ना 1:38-39

यूहन्‍ना 1:38-39 NNRV

येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।