यूहन्‍ना 1:35-39

यूहन्‍ना 1:35-39 NNRV

फेरि अर्को दिन यूहन्‍ना उनका चेलाहरूमध्‍ये दुई जनासँग उभिरहेका थिए। उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्‍वरका थुमा!” उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।