भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा! उनी उहाँ नै हुनुहुन्छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्छ, जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आएँ।” यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्नुभयो, ‘जसमाथि तिमी पवित्र आत्मालाई ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्वरका पुत्र उहाँ नै हुनुहुन्छ।” फेरि अर्को दिन यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए। उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्वरका थुमा!”
यूहन्ना 1 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:29-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू