यूहन्‍ना 1:29-34

यूहन्‍ना 1:29-34 NNRV

भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।” यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”