अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्ट पनि होइनौ, एलिया पनि होइनौ, त्यो अगमवक्ता पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ?” यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्तिस्मा दिन्छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्छ। उहाँका जुत्ताको फित्ता खोल्ने योग्यको म छैनँ।” यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए।
यूहन्ना 1 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:25-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू