यर्मिया 8:1-3

यर्मिया 8:1-3 NNRV

“‘परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्‍दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्‌। तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्‍त्रणा गरेका र पूजा गरेका सूर्य, चन्‍द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्‍ने ती हाड़हरू खुला राखिनेछन्‌। ती जम्‍मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्‍तै पड़िरहनेछन्‌। यस दुष्‍ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्‍दा मृत्‍यु नै रुचाउनेछन्, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।