यर्मिया 4:3-4

यर्मिया 4:3-4 NNRV

यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढ़ाहरूका बीचमा नछर। परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्‍टताले गर्दा मेरो क्रोध आगोझैँ दन्‍केर निस्‍कनेछ, र कसैले ननिभाउने गरी त्‍यो जल्‍नेछ।